Aamsanchar

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो

Author Image
आइतवार, चैत ८, २०८२

काठमाडौं – साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।

आज सुन तोलामा १२ हजार ५०० र चाँदी ३५५ रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार र चाँदीको ४ हजार ५ सय ४० रुपैयाँ तोकेको छ।

अघिल्लो कारोबार दिन गत शुक्रबार सुन २ लाख ९४ हजार ५०० र चाँदी ४ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।

Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२