Aamsanchar

निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने

Author Image
सोमवार, चैत ९, २०८२

काठमाडौं – नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ ।

यसैगरी काठमाडौं–दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय समय अनुसार राति ११ बजेर १५ मिनेटमा उड्नेछन् ।

निगमका अनुसार २८ फेब्रुअरीदेखि मार्चसम्म टिकट लिएर यात्रा गर्न असमर्थ यात्रुलाई प्राथमिकता दिइने छ । यसमा पनि २५ र २७ मार्चमा अत्यावश्यक यात्रा गर्नुपर्ने यात्रुले पुनः टिकट प्रमाणीकरण गरेर मात्र यात्रा गर्न पाउने निगमको सूचनामा उल्लेख छ । जहाजको सिट उपलब्धताका आधारमा पहिले सम्पर्क गर्ने यात्रुलाई पहिलो प्राथमिकता दिइने निगमले जनाएको छ।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर