Aamsanchar

सुनको भाउ आज पनि घट्यो, चाँदीको कती ?

Author Image
मङ्गलवार, चैत १०, २०८२

काठमाडौं – स्थानीय बजारमा आज पनि सुनको भाउ घटेको छ।

साताको पहिलो दिनदेखि नै घटिरहेको सुनको मूल्यमा आज पनि गिरावट आएको हो। आज सुन तोलामा १ हजार ६०० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलाको २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ।

आइतबार तोलामा १२ हजार ५०० रुपैयाँ घटेको सुन सोमबार ६ हजार ५०० ले घटेको थियो। आइतबार र सोमबार घटेको चाँदीको मूल्य भने आज तोलामा ८० रुपैयाँ बढेर ४ हजार ५०५ रुपैयाँ पुगेको छ।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर