Aamsanchar

बाह्रबिसे-कोदारी सडक स्तरोन्नति शुरु

Author Image
मङ्गलवार, चैत १०, २०८२

काठमाण्डौ – अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे-कोदारी सडक स्तरोन्नति शुरु भएको छ । सडक विभागले वर्खामा क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोडको स्रोत सहमति लिएर काम अघि बढाएको हो ।

अर्थ मन्त्रालयको स्रोत सहमतिसँगै सडक डिभिजन चरिकोट, दोलखाले ठेक्का प्रक्रिया सम्पन्न गरी गएको मंसिरमा निर्माण कम्पनी एमएस एनएस गाल्वा जे।भीसँग सम्झौता गरी निर्माण कार्य अघि बढाएको छ । एक अर्ब ३४ करोड रुपैयाँमा ठेक्का लगाएर काम थालिएको सडक डिभिजन चरिकोटका प्रमुख ९सिडिई० नारायणदत्त भण्डारीले बताउनुभयो ।

सडक स्तरोन्नति अन्तर्गत बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडक डबल लेनको बनाइनेछ । डबल लेनमा स्तरोन्नति गर्न आवश्यक स्ट्रक्चर निर्माणको काम भइरहेको छ । अहिले पहिरो जोखिम क्षेत्रमा आवश्यक तारजालीसहित पर्खालको काम भइरहेको भण्डारीले बताउनुभयो ।

निर्माणको जिम्मा पाएको एमएस एनएस गाल्वा जेभीका सञ्चालक गौरी उप्रेतीले निर्माणमा कुनै अवरोध नआए समयमै काम सम्पन्न हुने बताउनुभयो ।

Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर