Aamsanchar

इरानसँग वार्ताको जिम्मा अमेरिकी उपराष्ट्रपति र विदेशमन्त्रीलाई

Author Image
बुधवार, चैत ११, २०८२

काठमाडौंः अमेरिकाले इरानसँग वार्ताका लागि आफ्ना दुई विश्वासिला पात्रलाई अघि सारेको छ।

पश्चिम एसिया तनावमा अमेरिका र इरान आमनेसामने भएपछि विश्वभर देखिएको असर कम गर्न अमेरिका तत्पर देखिएको छ। पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई जिम्मा दिएका छन्। उनले भनेका छन्, ‘उपराष्ट्रपति र विदेशमन्त्रीले इरानसँग वार्ताको नेतृत्व गरिरहेका छन्।’

उनले इरानसँग सम्झौता हुने आशा पनि व्यक्त गरेका छन्। इरानी स्रोतले सीएनएनलाई बताएअनुसार तेहरान युद्ध अन्त्य गर्न अमेरिका पनि ‘दिगो’ प्रस्तावहरू सुन्न इच्छुक छ।

पछिल्लो समय ४८ घण्टाभित्र होर्मजुको जलडमरुमध्यमा खोल्न अमेरिकाले दबाब दिएपछि इरानले नखोल्ने अडान कायम राखेसँगै दुई देशबीच तनाव थप बढेको देखिएको थियो। तर अमेरिकाले इरानसँग वार्ताबाट पनि समाधान खोजिरहेको सन्देश दिइरहेको छ।

Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर