Aamsanchar

सडकमा लत्रिएको बिजुलीको तार पन्छाउने क्रममा करेन्ट लागेर वडा सदस्य ज्ञानबहादुरको मृत्यु

Author Image
बुधवार, चैत ११, २०८२

कवानपुर – मकवानपुरको बकैया गाउँपालिका–११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको छ।

मंगलबार पिपलडाँडालेक सडकखण्डमा लत्रिरहेको विद्युत् तारमा प्रवाह भएको करेन्ट लाग्दा गोलेको मृत्यु भएको हो।

वडा नम्बर ११ का वडाध्यक्ष गोपाल न्यासुर लामाका अनुसार सडकमा लत्रिएको बिजुलीको तार पन्छाउने क्रममा गोलेलाई करेन्ट लागेको हो। गम्भीर घाइते भएका गोलेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

विद्यालय जाँदै गरेका विद्यार्थीहरूले सडकमा तारमा बेरिएर लडेको अवस्थामा देखेपछि स्थानीयलाई खबर गरेका थिए। त्यसपछि उनको उद्धार गरिएको थियो।

गाउँमा केही दिनदेखि विद्युत् सेवा अवरुद्ध रहेकामा पुनः जडान भएको थाहा नपाएर तार पन्छाउने क्रममा दुर्घटना भएको अनुमान गरिएको वडाध्यक्ष लामाले बताए।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर