

मोरङ- टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ मा जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को १ ख ६३३१ नम्बरको टिपरको ठक्करबाट बिहीबार (चैत १२) बिहान साइकलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षीय वीरेन्द्र कार्की छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
Views: 11


