

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नयाँ गीत सार्वजनिक गरेका छन्। प्रधानमन्त्री पदमा सपथ लिनुअघि बिहिबार उनले ´जय महाकाली` नामक गीत आफ्नो युट्युबमा सार्वजनिक गरेका हुन्।

स्वपनिल शर्माको स्वर रहेको गीतमा बालेनले र्याप गरेका छन्। गीतको शब्द र कम्पोज पनि बालेन आफैंले गरेका छन्। संगीत भने फोजिलरक्रोनिक बट्सले भरेका छन्।
गीतको भिडियोमा भने बालेनले निर्वाचनका दौरान गरेका चुनावी अभियानका फुटेजहरू समावेश गरिएको छ। जसलाई विकेश मगरले सम्पादन गरेका छन्।

Views: 10


