Aamsanchar

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

Author Image
शुक्रवार, चैत १३, २०८२

काठमाडौं –  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ।

सुन तोलामा चार हजार ६०० ले घटेको छ भने चाँदी पनि रु १५० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६७० कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९२० कायम भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४३४ र त्यति नै परिमाणको चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर