Aamsanchar

बालेन शाहको गीतले बनायो नयाँ रेकर्ड

Author Image
शुक्रवार, चैत १३, २०८२

काठमाडौं-  नवनियुक्त प्रधानमन्त्री बालेन शाहको गीतले नेपाली सांगीतिक उद्योगमा नयाँ रेकर्ड बनाएको छ । प्रधानमन्त्रीमा नियुक्त हुने अघिल्लो दिन बालेनले सार्वजनिक गरेको र्‍यापले युट्युबमा नयाँ रेकर्ड बनाएको हो । ‘जय महाकाली’ बोलको र्‍याप युट्युबमा सबैभन्दा छोटो समयमा धेरै हेरिने गीत बनेको छ । १६ घण्टामा यो गीत २८ लाख ४० हजारले हेरिसकेका छन् ।

यसअघि २४ घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड गायक तथा पफर्मर दुर्गेश थापाको नाममा रहेको थियो । दुर्गेशको ‘जाने भए जाम माया’लाई २४ घण्टामा १६ लाख ३६ हजारपटक हेरिएको थियो ।

राष्ट्रिय भावनाले ओतप्रोत रहेको र्‍यापमा बालेन स्वयंको शब्द, संगीत र स्वर छ । ‘जय महाकाली’ बोलको र्‍यापमा यसपटक जसरी पनि क्रान्ति गर्ने उल्लेख छ । जस्तोसुुकै अवरोध आए पनि त्यसलाई पाखा लगाएर अघि बढ्ने प्रतिबद्धता रहेको र्‍यापमा विपक्षीसँग नडराउने उल्लेख छ । देश र जनताका लागि ज्यान बलिदान दिन तयार रहेको बताउने र्‍यापको भिडियोमा बालेनले चुनावी अभियानका क्रममा पूर्वदेखि पश्चिमसम्म गरेको भाषण, सभा र रोड शोका फुटेज तथा स्टिल फोटो प्रयोग गरिएको छ ।

बालेनले प्रधानमन्त्रीको शपथ अबको केही समयमा लिँदै छन् ।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर