Aamsanchar

मिनी बस दुर्घटना

Author Image
शुक्रवार, चैत १३, २०८२

प्युठान-  प्युठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

प्युठानकै बाँदिकोटबाट रुपन्देहीको बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा.लि. को ‘अन टेस्ट’ जम्बो ट्राभलर मिनी बस आज बिहान करिब ७स्२० बजे आहालखोला–चिसापानी खण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि प्युठान अस्पताल र निमतारा पोलिक्लिनिकमा ल्याइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये प्युठान नगरपालिका–२ क्वाडीकी ५१ वर्षीया बिमला विष्टको टाउकोमा चोट लागेको छ । उनलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइते अधिकांशको अवस्था सामान्य छ । अन्य घाइतेहरूमा दाङ लमहीका केसर सेजुवाल, पदमा सेजुवाल, प्युठान झिम्रुक–२ बादिकोटका प्रकाश एमसी, सुशान्त एमसी, कमला एमसी, झिम्रुक–३ आहालखोलाकी कमला केसी, रुपेश पोख्रेल, सुशीला पोख्रेल, हिरा जीसी, विशाल पोख्रेल, प्रताप एमसी, पर्वत खत्री, बिन्दोस केसी, रमिता केसी र प्रयास केसी रहेका छन् । उनीहरूलाई टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर