Aamsanchar

महेश बस्नेतले बालेनलाई दिए बधाई, भने-हरेक कदम समालिएर अघि बढ्नुहोला

Author Image
शुक्रवार, चैत १३, २०८२

काठमाडौं-  नेकपा एमालेका सचिव महेश बस्नेतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । उनले नयाँपन, युवा नेतृत्व स्वागतयोग्य भन्दै आजको दिन आशा र परीक्षाको रुपमा औंल्याएका छन् ।

‘नव गठित सरकारका प्रधानमन्त्री बालेन्द्र साह सहित उहाँको नेतृत्वको मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ उनले भने, ‘नयाँपन, युवा नेतृत्व स्वागतयोग्य छ । आजको दिनमा युवा मन्त्री मण्डल आशा पनि र परीक्षा पनि हो । त्यसैले देशले अवसर दिएको छ, अब जिम्मेवारी प्रमाणित गर्ने पालो तपाईंहरुको काधमा छ ।’  उनले अवसरसँगै चुनौतीहरू रहेको भन्दै अनुभवको कमीलाई सिकाइ र परिपक्क निर्णयबाट पूर्ति गर्दै सम्हालिएर अघि बढ्न सुझाव दिएका छन् ।

‘अबसर सँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर हुन्छन् । अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर्दै, हरेक कदम समालिएर अघि बढ्नुहोला,’ उनले भनेका छन्, ‘स्थिरता, विकास र समृद्धिको जनताको एजेन्डा पूरा गर्न यो टिमले परिणाम दिन सक्नुपर्छ ।’ उनले सत्ता अवसर नभई उत्तरदायित्व हो मन्ने मनन् गर्न पनि भनेका छन् । उनले थप भनेका छन्, ‘जिम्मेवारीको गहिराइ बुझेर, संयमता र दृढतासाथ सन्तुलन कायम गर्दै , सत्ता अवसर हैन उत्तरदायित्व हो भन्ने मनन गरेर अगाडि बढ्नुहोला । अनुभव र ऊर्जा मिलाएर साबै पक्ष सँग सहकार्य गर्दै अघि बढे मात्र जनताको भरोसा अझ बलियो हुन्छ।’

उनले सकरात्मक निर्णय र पहलका लागि सहयोगी भूमिकामा रहने पनि बताएका छन् ।

‘सकरात्मक निर्णय र पहलको निमित्त साबधानी सहित साथ र सहयोगी भुमिकामा हुनेछौं, हार्दिक शुभकामना,’ उनले भनेका छन् ।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर