Aamsanchar

एमालेका ७ जना कार्यकर्ता परे

Author Image
शनिवार, चैत १४, २०८२

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एमालेका ७ जना कार्यकर्ता परेका छन्।

सिंहदरबारको दक्षिणगेटमा निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

आज यहाँ भएको प्रदर्शनमा केहीलाई लाठी प्रहार भएको थियो भने प्रहरीले केही सेल अश्रुग्यास पनि प्रहार गरेका थिए।

Views: 1

प्रतिक्रिया (०)