Aamsanchar

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद माग्यो

Author Image
आइतवार, चैत १५, २०८२

काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप गर्न अदालतमा माग गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले १० दिन म्याद थपका लागि दुवै जनालाई अदालतमा पेस गरिएको बताए ।

ओली र लेखकको म्याद थप बारे जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ । ओलीलाई शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्सको माध्यमबाट अदालतमा उपस्थित गराइएको छ ।

अदालतमा पेस भएको निवेदनमाथि आज सुनुवाइ हुनेछ । दुवै पक्षका कानुन व्यवसायीको बहसपछि म्याद थप गर्ने वा नगर्ने भन्ने इजलासले निर्णय दिनेछ ।

 

Views: 34

प्रतिक्रिया (०)