

झापा – हावाहुरी र असिनाका कारण जिल्लाको कृषि क्षेत्रमा ठूलो क्षति पुगेपछि किसानलाई राहत उपलब्ध गराउन मन्त्री गिता चाैधरी समक्ष माग गरिएको छ । झापा–३ का प्रतिनिधिसभा सदस्य प्रकाश पाठक ले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले तत्काल राहत प्याकेज ल्याउन आग्रह गरिएको बताउनुभयो ।

झापामा शुक्रबार राति आएको हावाहुरी तथा असिना पानीका कारण एक दर्जनभन्दा बढी घरका छाना उडाएको थियो । हावाहुरीले विद्यालय भवन, सर्वसाधारणका घर, गोठ तथा अन्नबालीमा समेत क्षति पुर्याएको छ ।
Views: 37


