

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले संयोजक प्रचण्डलाई दलको नेता चयन गरेको हो।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा प्रत्यक्षमा ८ र समानुपातिकमा ९ सिट जितेको थियो।

Views: 25


