Aamsanchar

गाउँपालिका अध्यक्ष सहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा, आफूलाई फसाइएको अध्यक्ष चौधरीको दाबी

Author Image
सोमवार, चैत १६, २०८२

बुटवल – कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशरण चौधरीसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ ।

अध्यक्ष कमलेशरणसहित सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले ‘भैरहवा–१५’ नाम परिवर्तनको जाहेरीका आधारमा मुद्दा अघि बढाएको हो ।

मुद्दा दर्तासँगै चौधरीको पदसमेत संकटमा परेको छ । यस प्रकरणमा सन्तकुमार भने हाल थुनछेकका लागि कारागारमा छन् । घटनाबारे पीडितले २०८१ असोज ६ गते किटानी जाहेरी दिएकी थिइन् ।

यता, अध्यक्ष चौधरीले आरोप अस्वीकार गर्दै आफूलाई फसाइएको दाबी गरेका छन् र कानुनी लडाइँ लड्ने बताएका छन् ।

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर