Aamsanchar

अर्थोकोन समिक्षा: योगदानकर्तालाई सम्मान र धन्यवाद

Author Image
मङ्गलवार, चैत १७, २०८२

बिर्तामोड । नेपाल अर्थोपेडिक संघ मेचीले एक महिना अघि झापामा सम्पन्न गरेको अर्थोकोन सम्मेलनको समिक्षा गर्दै सम्मेलनमा सहयोग पुर्याउने झापाका सुरक्षा निकाय तथा संघ संस्थाहरुलाई प्रशंषा पत्र प्रदान गरेको छ ।

मेची च्याप्टर अध्यक्ष डाक्टर लक्ष्मीप्रसाद मैलानीको अध्यक्षतामा हिजो बिर्तामोडमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा सहयोगी संस्था साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरी २ लाख ५० हजार, केएमसी काठमाडौं मेडिकल हस्पिटल र नोवेल टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिल शर्मा १ लाख ५० हजार, मनिस आइरन प्रा.लिका सञ्चालक मनिस साहेवाला ५० हजार, लिटल फ्ल्वरर्स स्कुलका सञ्चालक राजेश खड्का ५० हजार, साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बिर्तामोड अध्यक्ष मेघराज बास्तोलालाई कदर पत्र प्रदान गरियो ।
त्यसैगरी कार्यक्रमलाई सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, साहयक प्रमुख जिल्ला अधिकारी द्वय तेजप्रसाद प्रसाई र अञ्जन न्यौपाने त्यसैगरी नेपाली सेना चारआलीका गणपति सरोज थापा, जनपथ जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धारा खड्का, सशस्त्र प्रहरी बल नम्बर २ गण हेड क्वाटर झापाका प्रमुख एसपी अम्बिकाप्रसाद जोशी, राष्ट्रिय अनुसन्धान कार्यालय झापा र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अर्थोपेडिक संघका उपाध्यक्ष प्रेम बहादुर साहीले स्वागत गरेका थिए भने डाक्टर निराजन पाराजुलीले औतिच्य माथि प्रकास पारेका थिए । प्रमुख अतिथि गेलाल र डाक्टर शरद भट्टराईले मन्त्य राखेका थिए । कार्यक्रमको सञ्जालन श्रद्धा प्रसाईले गरेकी थिइन ।

Views: 7

प्रतिक्रिया (०)