

भारत : भारत बिहारको नालन्दा जिल्लास्थित शीतला मन्दिरमा मंगलबार अचानक भागदौड मच्चिँदा आठ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।

बिहारशरीफको मोडल अस्पतालका डा। बिश्वजीत कुमारले मृतकमध्ये अधिकांश महिला रहेको बताएका छन् । नालन्दा नजिकै पर्ने दीपनगर थाना क्षेत्रको शीतला मन्दिरमा पूजा भइरहेका बेला अचानक भागदौड हुँदा ठूलो दुर्घटना भएको हो । पूजा चलिरहेका बेला अचानक भागदौड मच्चिएपछि हताहती भएको थियो । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।
डा। बिश्वजीतले भने, ‘करिब १३–१४ जनालाई अस्पताल ल्याइएको थियो । ८ जनाको मृत्यु भएको छ । बाँकीको यहाँ उपचार भइरहेको छ । दुई जना गम्भीर बिरामीलाई अर्को अस्पतालमा रेफर गरिएको छ ।’ चैत्र महिनाको अन्तिम मंगलबार भएकाले मन्दिर परिसरमा भक्तजनहरूको ठूलो भीड लागेको थियो ।

Views: 17


