Aamsanchar

तराई मधेश लोकतान्त्रिक पार्टी ब्युँतियो

Author Image
बुधवार, चैत १८, २०८२

काठमाडौं – वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले जसपा नेपालसँगको एकीकरण भंग गरेको छ । गत मंसिर २४ गते लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, जनता प्रगतिशील पार्टी नेपाल र तमलोपा बीच एकीकरण भएको थियो । त्यसको करिब तीन हप्तापछि लोसपा र जनता समाजवादी पार्टी (जसपा) नेपाल बीच एकता भएको थियो ।

तमलोपाका नेता रविशंकरकुमार कर्णले तमलोपा ब्युँतिएको बताए । उनले भने, ‘हामी पार्टी एकतामा गएका थियौं । हामी तमलोपाकै हैसियतामा सक्रिय छौं, आयोगमा दर्ता छँदैछ ।’ जसपा नेपाल र लोसपाका नेताहरूले पार्टी एकीकरण गर्ने बेलाको वाचा पुरा नगरेपछि आफूहरूले पुरानै पार्टी ब्युँताउनु परेको तमलोपाका एक नेताले बताए । ती नेताले भने, ‘नेताहरूले संस्थागत मुल्य, राजनीतिक मर्यादा र आत्मसम्मानलाई वेवास्ता गर्नु भयो ।’ २०७९ को निर्वाचनमा तमलोपाले समानुपातिकमा २ हजार ५८५ मत पाएको थियो ।

Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर