Aamsanchar

खड्का र शर्माको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पौडेलको इजलासमा

Author Image
बुधवार, चैत १८, २०८२

काठमाडौँ – पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।

पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए । पूर्वमन्त्री खड्का सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि आइतबार पक्राउ परेका थिए ।

एमालेको लुम्बिनी प्रदेश सांसद शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिका विरूद्धको कसुर गरेको आरोप छ । केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौँ महानगरपालिकाले उद्धार गरेको थियो ।

ती बालिकाबारे तत्कालीन काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले २९ माघ २०८१ मा आफ्नो फेसबुक वालमा ‘सरी नानु १ तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनू । समय आउनेछ भनेर लेखेका थिए ।

साथै उनले ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नुपर्छ’ भन्ने पनि उल्लेख गरेका थिए ।

Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर