

काठमाडौ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले राजीनामा दिएका छन्।

उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन्। प्रलोपा स्रोतले अध्यक्ष परिषद्का सदस्य किरातीले पदबाट राजीनामा दिएको पुष्टि गरेको छ। तर, उनको राजीनामा स्वीकृत भइनसकेको स्रोत बताउँछ।तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरेपछि किरातीले पार्टी परित्याग गरेर प्रलोपामा गएका थिए। राजीनामाबारे किरातीलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ रहेको छ।
Views: 163


