Aamsanchar

यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ

Author Image
बिहिवार, चैत १९, २०८२

काठमाडौं –  यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटी र मातहतले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कबाट ५ जनालाई पक्राउ गरेको हो ।

उपत्यकाका विभिन्न ठाउँहरुका बस टिकट काउन्टरमा काम गर्ने व्यक्तिहरुले बस तथा सुमो चढी उपत्यका बाहिर जान लागेका यात्रुलाई अनावश्यक रुपमा तानातान गरेको गुनासोपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि अभद्रको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ ।

 

 

Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर