बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य तथा उनीहरूका परिवारले अब घर–घरमै स्वास्थ्य सेवा पाउने भएका छन्। संघ र ‘जीवन रक्षा होमकेयर प्रा।लि।’बीच भएको सहकार्य सम्झौताअनुसार यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो।

सहमतिअनुसार सदस्यहरूलाई घरमै स्वास्थ्य सेवा, आकस्मिक उपचार, नियमित स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। साथै स्वास्थ्य शिविर, सचेतना तथा तालिम कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ।

सम्झौतामा संघका अध्यक्ष राजु न्यौपाने र होमकेयरका डा. चेवनराज कार्कीले हस्ताक्षर गरेका छन्। सदस्यता प्रमाणपत्र वा नवीकरण रसिदका आधारमा सेवा तथा छुट सुविधा लागू हुने व्यवस्था गरिएको छ।
सम्झौता एक आर्थिक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने जनाइएको छ।

Views: 5


