

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको केहि बढेको छ । आज शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला दुई लाख ९४ हजारमै कारोबार भइरहेको छ । यता चाँदीको मुख्य भने केहि उकालो लाग्दै प्रतितोला चार हजार ८३० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको भाउ तोलामा ३६ सय रुपैंयाँले घटेर दुई लाख ९४ हजारमा कारोबार भएको थियो । बुधबार सुनको भाउ तोलामा ७४ सय रुपैयाँले बढेर दुई लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ घटेर चार हजार ७८० रुपैयाँमा झरेको छ । बुधबार चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ थियो । गएको माघ १५ गते एकै दिन तोलामा २० हजार पाँच सय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य यहि नै हालसम्मकै सबैभन्दा उच्च हो ।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो । चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो । माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो ।


