

चितवनः बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत घर भई भरतपुर महानगरपालिका–३ नगरवन सडकछेउमा बस्ने १० वर्षीय इरेस घोस्ले रहेका छन्।

नगरवन मार्गमा बा। प्र। ०६००१ ख ०४९२ नम्बरको बस गएराति सहचालकले पार्किङका लागि पछाडि सार्ने क्रममा बालकलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते घोस्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।
Views: 120


