

काठमाडौं – सरकारले सरकारी कार्यालयको समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयको समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
त्यस्तै सरकारले सरकारी र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

Views: 27


