Aamsanchar

पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न पाउने निर्णय

Author Image
आइतवार, चैत २२, २०८२

काठमाडौँ – सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको छ। पेट्रोलियम पदार्थको बढ्दो आयात र वातावरण प्रदूषण न्यूनीकरण गर्न सरकारले यस्तो निर्णय गरेको हो।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यसका लागि लागि आवश्यक पर्ने कानुनी गाँठो फुकाउन र उचित प्रबन्ध मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय गरेको हो।

नेपाल सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले यो निर्णय गरेको बताए। डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय भएको छ’, प्रवक्ता पोखरेलले भने, ‘यसले एकातिर इन्धनको परनिर्भरता घटाउनेछ भने अर्कोतिर नेपालको नवीकरणीय ऊर्जाको खपत बढाउन मद्दत गर्नेछ।’

अहिलेसम्म पुराना इन्धनयुक्त सवारी साधनलाई विद्युतीयमा परिवर्तन गर्दा दर्ता, नवीकरण र प्राविधिक मापदण्डका विषयमा स्पष्ट कानूनी व्यवस्था थिएन।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर