Aamsanchar

राष्ट्रियसभाको उपाध्यक्षमा एमाले सांसद लीलाकुमारी भण्डारीको उमेदवारी

Author Image
आइतवार, चैत २२, २०८२

काठमाडौं –  राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले) सांसद लीलाकुमारी भण्डारीले उमेदवारी दिएकी छन् ।

रिक्त उपाध्यक्ष पदमा आइतबार(चैत २२) भण्डारीले उमेदवारी दिएकी हुन् ।

राष्ट्रियसभामा दलहरूबीच उपाध्यक्ष एमालेलाई दिने र संसदीय सभापति पद अरू दलले बाँड्ने सहमति भएको थियो । सोहीअनसार, उनले उमेदवारी दिएकी हुन् ।

उमेदवारी मनोनयनका लागि संसद सचिवालयले दिउँसो २ः३० देखि ३ः३० सम्मको समय तोकेको थियो ।

Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर