

काठमाडौं – सभामुख डोल प्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई शपथ खुवाएका हुन् । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्दैछन् ।

आजको प्रतिनिधिसभा बैठकबाट ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए ।
गत शुक्रबार उम्मेदवारी दर्ताको दिन अर्यालको मात्र उम्मेदवारी दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।

Views: 21


