Aamsanchar

सात नेपालीको कम्बोडियाबाट उद्धार

Author Image
सोमवार, चैत २३, २०८२

काठमाडौँ – कम्बोडिया लगेर अवैधरूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका सात नेपालीको उद्धार गरिएको छ ।

थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरी नेपाल फर्काइएको हो । आज त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेगरी उनीहरुलाई आइतबार त्यहाँबाट फर्काइएको हो। दलालको फन्दामा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानूनी काममा लगाइएको थियो।

कतिपय भने भिसाविना नै लुकेर बसिरहेका थिए। दूतावासले यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि फर्काउने पहल निरन्तर भइरहेको जानकारी दिएको छ। पछिल्लो समय भिजिट भिसाको बहानामा कम्बोडिया पुग्ने नेपालीको संख्या अस्वाभाविक रूपमा बढेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ।

Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर