

काठमाडौं – अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा। बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयातनिर्यातका लागि थप सहज बनाएको बताएको छ ।

विभागका अनुसार हुलाकमार्फत हुने कुरियर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गरिने भएको छ । यस व्यवस्थाबाट विदेश पठाइने तथा विदेशबाट आयात गरिएका मालवस्तुको जाँचपास छिटो, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ ।
Views: 14


