Aamsanchar

भदौ २४ गते जलाइएको सिंहदरबारलगायतका घटना सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाई गर्नं हुँदैन : रामकुमारी झाँक्री

Author Image
सोमवार, चैत २३, २०८२

काठमाडौं – नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गते जलाइएको सिंहदरबारलगायतका घटना सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाई गर्नं नहुने बताएकी छिन् ।

सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी उनले सो घटनाको निष्पक्ष छानविन कहिले हुन्छ? भनि सरकारलाई प्रश्न समेत गरिन्।नवयुवाहरूलाई गलत ढंगले परिचालन गर्ने सिंहदरवारलगायतका ठाउँहरूलाई खण्डहर बनाएकोमा आफू भावविह्वल भएको भन्दै उनले त्यसको घटनाको तथ्य सार्वजनिक हुनुुपर्ने बताइन्। सांसद झाँक्रीले सरकारले कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर हिँडने काम गर्न नहुने पनि बताइन्।

सांसद झाँक्रीले राज्यको विरुद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढन नसकिने पनि बताइन्।

Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर