Aamsanchar

राप्रपा सांसद खुस्बु ओलीले सरकारलाई साेधिन् ऋण लिनुको कारण

Author Image
सोमवार, चैत २३, २०८२

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले एसियाली विकास बैंक (एडीबी) र विश्व बैंक (वर्ल्ड बैंक)को ऋण स्वीकार गरेकोप्रति प्रश्न गरेकी छिन् ।

सोमबार (चैत २३) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो प्रश्न गरेकी हुन् ।

“मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफरमेसनका लागि ९० मिलियन अमेरिकी डलर र दिगो र समावेशी परियोजनाका लागि ९५ मिलियन अमेरिकी डलरबराबरको ठुलो रकम स्वीकार गरेको प्रसंग छ । हामी सरकारसमक्ष सोध्न चाहन्छौँ,” उनले भनिन्, “कुन संसदीय समिति, कुन नितिगत बहस र कुन आवश्यकता प्राथमिकीकरण मूल्यांकनका आधारमा यो आकारको निर्णय लिइयो । हाम्रो संसद् अझै शिशु अवस्थामा छ । समिति, उपसमिति कुनै पनि बनेका छैनन् ।”

Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर