

काठमाडौं – सरकारले राजनीतिक कोटामा नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो। परराष्ट्र मन्त्रालयले सोमबार राजदूतावासलाई चिठी लेखेर ६ राजदुतलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी गराएको छ।
फिर्ता गरिएका राजदूतहरूमा भारतका लागि डाक्टर शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डाक्टर पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डाक्टर शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन्।

Views: 51


