Aamsanchar

३५ वर्षीय बाबु र तीन वर्षीया छोरी पाँच दिनदेखि सम्पर्कविहीन

Author Image
मङ्गलवार, चैत २४, २०८२

तम्घास-  गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्।

जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी अन्दाजी ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित गत शुक्रवारदेखि सम्पर्कविहीन भएका हुन्।

गिरीकी श्रीमतीको एक वर्षअगाडि मृत्यु भएको थियो। त्यसपछि गिरीले वडा कार्यालयबाट गाउँमा आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित गरिबीको पत्र बनाएका थिए।

सोही पत्रका आधारमा चन्दा उठाएर  छोरीसहित झम्मन सम्पर्कविहीन भएको स्थानीय मानबहादुर कुँवरले जानकारी दिए।

धुर्कोटकै हुलाकेमा खिचेको उनीहरूको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियो भाइरल भएसँगै बाल अधिकारकर्मी, महिला अधिकारकर्मीलगायतले बालिकाको खोजी गरिरहेका छन्।

गिरीको घरमा एक वर्षयता बाबुछोरी मात्रै बस्दै आएका थिए। सन्तानमा उनकी एक्ली छोरी थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायण अधिकारीले बाबुछोरीको खोजतलासी गर्ने कार्य जारी रहेको बताए।

मातहतका सबै निकायमा जानकारी गराएको र उनीहरूको ‘लोकेसन ट्रयाक’ गर्ने काम भएको अधिकारीले जानकारी दिए।

Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर