Aamsanchar

परीक्षार्थी भने कतारमा, उनको नामबाट एसईई दिँदादिँदै पक्राउ परिन् युवती

Author Image
मङ्गलवार, चैत २४, २०८२

सुनसरी- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा(एसइई)दिइरहेकी हरिनगर–६ की २० वर्षीया नुसरत खातुनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केशव थेबेले खातुनले आफ्नै भाउजु सलमा अजहरको नाममा जारी गरिएको प्रवेशपत्र लिएर परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको हो । पहिलो दिनदेखि नै लगातार परीक्षा दिँदै आएको भए पनि मंगलबार नियन्त्रणमा लिएको उनले जानकारी जिए ।

भोक्राहा–२ स्थित जामिया इस्लामिया मदरसामा कक्षा १० मा अध्ययनरत सलमा हाल कतारमा रहेको जनाइएको छ । नक्कली परीक्षार्थी बनेर परीक्षा दिनु शिक्षा ऐनविपरीत भएकाले सोहीअनुसार खातुनलाई कारबाही हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर