Aamsanchar

सांसद निशा डाँगीले भनिन् : भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भइरहेको छ

Author Image
बुधवार, चैत २५, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भइरहेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘भारतीय नम्बर प्लेटका सवारीसाधनहरू नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ त्यसको हाल दुरूपयोग भइरहेको छ ।’ नियमअनुसार एक दिनको गेट पास लिएर प्रवेश गरेका सवारीसाधानहरू फिर्ता जानुपर्ने हो । तर व्यवहारमा त्यस्ता सवारीसाधनहरू नेपालमै निजी तथा सार्वजनिक रुपमा सञ्चालन भइराखेको भनेर उनले सरकारको ध्यानाकर्षण गरिन् ।

यसले गर्दा उच्च भन्सार तिरेर नेपाली नम्बर प्लेटमा प्रत्यक्ष असर परिरहेको पनि उनले बताएकी छन् । भारतीय गाडी नेपालमा दुर्घटनामा परे क्षतिपुर्तिमा समस्या रहेको पनि उनले बताइन् ।

 

Views: 27

प्रतिक्रिया (०)