Aamsanchar

पाटनमा छुरा प्रहारबाट झापाका दाजुभाईको हत्या

Author Image
बिहिवार, चैत २६, २०८२

झापा – ललितपुरको पाटनमा छुरा प्रहारबाट दाजुभाईको हत्या भएको छ। झापाको कमल गाउँपालिका–६ घर भई ललितपुर बस्दै आएका सुमित नेम्वाङ र उनका भाइ सिर्जन नेम्वाङको बुधबार साँझ कृष्ण मन्दिर परिसरमा हत्या भएको ललितपुर जिल्ला प्रहरी परिसर जनाएको छ।

घटना भएको जानकारी पाएलगत्तै गम्भीर घाइते दुवै जनालाई उपचारका लागि बिएन्डबी अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। उनीहरुको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो।

प्रहरीका अनुसार हत्यामा संलग्न ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर