Aamsanchar

अमेरिका र इरानबीच शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता हुने

Author Image
बिहिवार, चैत २६, २०८२

अमेरिका र इरानबीच शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता हुने भएको छ।

पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पश्चिम एसियामा युद्धविरामको घोषणापछि पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामावादमा स्वागत गर्ने बताएका छन्।

पछिल्लो समयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउँदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तान अहिले तेहरान र वासिङ्टनबीच मध्यस्थकर्ताका रूपमा देखापरेको छ।

प्रधानमन्त्री सरिफले इस्लामावाद वार्ता दिगो शान्ति प्राप्त गर्न सफल हुने विश्वाससमेत व्यक्त गरेका छन्। तेहरान र वासिङ्टन दुवै राष्ट्रपति ट्रम्पको इरानलाई नष्ट गर्ने समयसीमा समाप्त हुनुभन्दा एक घण्टाअघिमात्र बुधबार बिहान दुई साताको युद्धविरामका लागि सहमत भएका हुन्।

पाकिस्तानको मध्यस्थतामा अमेरिकारइजरायल र इरानबीचको ४० दिने युद्ध रोकिएको हो। इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि युद्ध शुरु भएको थियो। इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित ५० भन्दा बढी उच्च नेता र अधिकारीको हत्या गरेका थिए।

त्यसलगत्तै तेहरानबाट प्रतिक्रियास्वरूप खाडी राष्ट्रहरू, अमेरिकी सैन्य अखडा र इजरायलमाथि जवाफी आक्रमण सुरु गरेको थियो।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर