

काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले बढेको हो।

शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबारको तुलनामा चाँदी तोलामा ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो।

Views: 12


