Aamsanchar

सिंहदरबारमा अनावश्यक भीडभाड नगर्न निर्देशन

Author Image
शुक्रवार, चैत २७, २०८२


काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद र केन्द्रीय सदस्यलाई सिंहदरबारमा अनावश्यक भीडभाड नगर्न निर्देशन दिएका छन् ।

शुक्रबार बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, अत्यावश्यक काम भएमा मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य मन्त्रालयमा जान रास्वपाले केन्द्रीय सदस्य, सांसद र पार्टीका सदस्यहरूलाई निर्देशन दिएको छ ।

Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर