

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सुदन किराँतीले पार्टी त्यागेको घोषणा गरेका छन् । किराँतीले साधारण सदस्य समेत नरहने निर्णय गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
उनले लेखेका छन्, “यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसात् गरेको छु । संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु ।”
जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आए पनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने उनले बाचा गरेका छन् ।

उनले केही दिनअघि नै प्रलोपा परिषद् अध्यक्षबाट राजीनामा दिइसकेका थिए । सामाजिक सञ्जालमार्फत बुधबार राजीनामाको औपचारिक घोषणा गरेका हुन् ।

Views: 260


