

वीरगन्ज – वीरगन्जको एक होटल (लज)मा प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । भारतको बिहार राज्यको भेलाही घर भएका २० वर्षीय सागर कुमार पटेल पक्राउ परेका हुन् ।
वीरगन्ज- ८ लिंकरोडमा रहेको समर होटल एण्ड लजमा लागुऔषध ओसार पसार गर्ने शंकास्पद व्यक्ति बसेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यसपछि खटिएको प्रहरी टोलीले उक्त लजको १०५ नम्बर कोठामा पुगेर खानतलासी गर्दा त्यहाँ रहेका पटेलको साथबाट प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट ३० हजार पिस ९३ हजार पत्ता०बरामद भएको हो ।
लागुऔषधसहित पक्राउ परेका पटेललाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।


Views: 15


