
काठमाडौंः ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज काठमाडौंमा प्रभातफेरी गरिएको छ।
सगरमाथा दिवसको उपलक्ष्यमा आज बिहान काठमाडौंमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो। सगरमाथा आरोहणको ऐतिहासिक गौरवलाई स्मरण गर्दै आयोजित उक्त कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले एक–अर्कामा शुभकामना आदानप्रदान गर्दै सगरमाथाको महत्व र यसले नेपालको पहिचानमा पु¥याएको योगदानको चर्चा गरेका थिए।

Views: 27


