Aamsanchar

किच्चकबधमा पार्क उद्घाटन

Author Image
बिहिवार, साउन १५, २०७७

झापा । झापाको साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका वडा नं.२ र ३ मा रहेको ऐतिहाशिक धार्मिक पर्यटन स्थल किच्चकबधमा पार्क निर्माण गरिएको छ ।
बिहिबार एक औपचारिक समारोहका बीच झापा क्षेत्र नं. ३ बाट निर्वाचित प्रदेश १ सभासद बसन्त बाँनियाले पार्कको उद्घाटन गरेका छन । उक्त पार्कको शिलन्यास २०७६ चैत्र १० गते सभासद बाँनियाकै बाहुलीबाट भएको थियो ।

पार्क अन्तरगत, फनपार्क, चिल्ड्रेन पार्क, बिद्युतिय रेल, आधुनिक सौचालय, पैदल मार्ग लयातका भौतिक संरचना निर्माण गरिएको छ । जसका लागि सभासद बाँनियाले नै गुरुयोजना बनाई पहल सुरु गरेको र पार्क निर्माणको लागि २०७६ सालमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रायबाट २५ लाख त्यसैगरी प्रदेश नं. १ सरकारबाट ६० लाख प्राप्त बजेटबाट पहिलो चरणको काम सम्पन्न भएको किच्चकबध धार्मिक पर्यटन स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेवेले जानकारी दिएका छन । बहु बर्षिय योजना भएकोले हरेक बर्ष किच्चकबधको विकासलाई अघि बढाईने अध्यक्ष थेवेले बताए ।

ऐतिहाशिक धार्मिक पर्यटन स्थल किच्चकबध व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थेवेको अध्यक्षतामा आयोजित पार्क उद्घाटन समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, त्यसैगरी युवा नेता असारु राजवंशी, कार्यपालिका सदस्य कौशल्या अधिकारी, वडाध्यक्षहरु र स्थानिय सर्वसाधरणहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 425

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१