काठमाडौं : विश्वलाई तहसनहन बनाईरहेको कोरोनाले विश्वका १ करोड ७५ लाख मानिसलाई प्रभावित बनाईसकेको छ । पछिल्लो २४ घण्टामा २ लाख ७४ हजार संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ करोड ७४ लाख ५२ हजार पुगेको हो।
अमेरिकामा ६६ हजार ५ सय, ब्राजिलमा ५८ हजार २ सय र भारतमा ५५ हजार संक्रमित थपिएका छन्। दक्षिण अफ्रिकामा ११ हजार, कोलम्बियामा १० हजार, मेक्सिकोमा ५ हजार ७ सय, रसियामा ५ हजार ५ सय र स्पेनमा २ हजार ७ सय जनामा नयाँ संक्रमण देखिएको छ । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ लाख ७५ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा झण्डै ६ हजार संक्रमितको मृत्यु भएसँगै कूल मृतकको संख्या ६ लाख ७५ हजार ५ सय ३१ पुगेको हो।
पछिल्लो २४ घण्टामा अमेरिकामा १२ सय ३९, ब्राजिलमा ११ सय ८९, भारतमा ७ सय ८३, मेक्सिकोमा ४ सय ८५, दक्षिण अफ्रिकामा ३ सय १५, इरानमा २ सय २६ र रसियामा १ सय २९ जनाको मृत्यु भएको हो। यसैबीच, बेलायतले लक्षण देखिएका कोरोना संक्रमितलाई १० दिन आइसोलेसनमा राख्ने भएको छ। यसअघि खोकी, ज्वरो, स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएका संक्रमितलाई सात दिन आइसोलेसनमा बस्न सल्लाह दिइँदै आएको थियो। तर अब यो रणनीति विश्व स्वस्थ्य संगठनको निर्देशनअनुसार परिवर्तन गरिएको स्वास्थ्यअधिकारीलाइ उद्यृत गर्दै बीबीसीले जनाएको छ।