Aamsanchar

आज रोपाइँ जात्रा

Author Image
बुधवार, साउन २१, २०७७

कृषिप्रधान हाम्रो देशमा हरेक वर्ष मनसुनको व्यापक महत्व रहने गर्दछ। कतै पर्याप्त पानी पर्यो र कतै पानी नपरेर रोपाइँका चुनौतीहरु बढे, कतैका किसान दाजुभाई दिदिबहिनी खुशी भए भने कतैका किसान दाजुभाई दिदिबहिनीलाई रोपाइँ सोचेजस्तो रुपमा नहुदा पिर, चिन्ता र मानसिक तनाव बढ्यो। तर, कतै ढिलो कतै चाडो, कतै सजिलै त कतै थुप्रै कठिनाईहरु सामना गर्दै धान रोपाइँ भइरहेको छ। हाम्रो कृषिप्रधान देशको किसानहरुको सबै भन्दा ठुलो चाड रोपाइँ सकिएको उपलक्ष्यमा आजको दिन खुशीयाली स्वरुप देशका विभिन्न स्थानमा ‘रोपाइँ जात्रा’ मनाइन्छ।

विशेषगरि नेवास् समुदायले मनाउन शुरु गरेको रोपाइँजात्रा देशैभर सबैको उत्सव बनेको हो। नेपालभाषामा ‘रोपाइँ जात्राूलाई’ सिनाज्या जात्राू भनिन्छ। देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक फरक ठाउँमा फरक फरक तरिकाले मनाइने पाइएको छ। कर्णाली अञ्चलमा भने यस जात्रालाई चोपाइ भनिन्छ। त्यहाँको स्थानीय भाषामा ‘चोपाइू भनेको’ चोप्नुू हो। आजको दिन सबै टोलका मानिसहरुले आआफ्नो गाउँठाउँमा विभिन्न बाजाहरु बजाउदै धान रोपे जस्तै गरेर नृत्य गर्ने गरेका छन्। खेतालाहरू जम्मा भएर बाजा बजाएर रोपाइँका गीतहरु गाउदै नाच्दै धान रोपेको खेतमा पुगेर रमाईलो गर्ने गर्दछन्। आजको दिन धान खेतको असली मालिकलाई खेत भित्र हिलोमा डुबाउनुपर्छ भन्ने मान्यता पनि धेरै ठाउँमा रहेको छ।

यस कृषि प्रधान देशका सबै दाजुभाई दिदीबहिनीलाई आजको दिनको विशेष शुभकामना। आजको दिनको हर्ष आउदा वर्षहरुमा थप बढ्दै जाओस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१