Aamsanchar

ओखरको व्यापार फस्टाउँदै

Author Image
मङ्गलवार, असोज ४, २०७३

डडेल्धुरा ।

walnut

जिल्लामा मौसमी फलफूललगायत तरकारीको व्यवसाय गरेर परिवार धानिरहेका व्यापारि अहिले ओखरको व्यापारमा लागेका छन् ।

खुद्रा पसल तथा राजमार्गको छेउछाउमा ओखरको व्यापार व्यवसाय गर्दै आएका बेलामा मौसम अनुसारको व्यवसाय गरेर घरखर्च चलाउने गरेको बसपार्कमा ओखरको व्यपार गर्दैआउनुभएकी तारा ऐर बताउनुहुन्छ । यस याममा लार्खौँ रुपैयाँ बराबरको ओखरको खरिद बिक्री हुन्छ ।

स्याउलेका अधिकांश व्यापारीले आजभोलि ओखरबाट दैनिक रु एक हजारसम्म कमाइ गर्ने गरेका छन् । ओखर बिक्री गर्न जिल्लाका विभिन्न गाउँ तथा वैतडीका खोड्पे, पाटन, तल्लिसोराड, गाजरीलगायत क्षेत्रबाट सर्वसाधारण यहाँ आउने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर