Aamsanchar

विभिन्न पार्टी परित्याग गरी १८७ जना नेपाली काँग्रेसमा प्रवेश

Author Image
शनिवार, भदौ ६, २०७७

बिर्तामोड । झापाको झापागाउँपालिकामा विभिन्न पार्टी परित्यागरी १८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

नेपाली काँग्रेस झापा गाउँपालिका समितिको समन्वयमा तथा नेपाली काँग्रेस वडा नं १,२ र ५ आयोजनामा आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रम मार्फत अरु पार्टीका नेता तथा कार्यकताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेस महासमिति सदस्य देउकुमार थेवेले जानकारी दिएका छन् । पार्टी प्रवेश गर्नेहरुमा अधिकाँश नेकपा र मधेसवादी दलका स्थानिय नेता, कार्यकर्ताहरु रहेका थेवेले बताए ।

नवप्रवेशिकाहरुलाई कार्यक्रमको प्रमुख अतिथि समेत रहेका महासमिति सदस्य थेवे, क्षेत्र नं. ४ का सभापति जयनारायण शाह, क्षेत्रिय सचिव शिव कडेल लगायतले नवप्रवेशिकाहरुलाई साधारण सदस्यता प्रदान र स्वागत गरेका थिए ।

नेपाली काँग्रेस वडा सभापति कौशल गणेशको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य जगन्नाथ राजवंशी , अन्जु थपलिया ,सुन्दरलाल गणेश , मोतीलाल गणेश, राजकुमार यादव , राजकुमार कोच लगायत पार्टीका गाउँ स्तरका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि थेवेले नेपाली काँग्रेसको विचार र सिद्धान्तलाई अंङ्गालेर काँग्रेस प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई काँग्रेसले सधैं सम्मान गर्ने र नयाँ पुरानो नभनी भेदभाव कहिले नगर्ने बताए । अर्का वक्ता जयनारायण शाहले आज देखी तपाईंहरु काँग्रेस हुनु भएको छ । नेपाली काँग्रेसमा आवद्ध सबैले समाजका समस्यामा हातोमालो गरेर अघि बड्न सुझाव दिदै आफु सधै तपाईंहरु सँग सहकार्य गरेर अघि बड्ने बताए ।

सितुमारी प्राविमा भएको कार्यक्रममा स्वागत मन्तव्य दुवारिका खतिवडाले गरेका थिए भने कार्यक्रमको संचालन कुमार गणेशले गरेका थिए ।

Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर